Logo

जगमान गुरुङको दाबीः यही जेठ १५ गते गणतन्त्रको अन्त्य हुन्छ



काठमाडौं, ६ वैशाख । राजतन्त्र पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवहाक संयोजक जगमान गुरुङले यही जेठ १५ गते गणतन्त्रको अन्त्य हुने दाबी गर्नुभएको छ । आज (शनिबार) काठमाडौंमा आयोजित पृथ्वी पथको आवश्यकता विषयक अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाले घोषणा भएकै दिन गणतन्त्रको अन्त्य हुने बताउनु भएको हो ।

‘कुनै मान्छे मर्न पर्‍यो उसको जन्म महिना, बार, कहिले छ त्यहिले मर्छ भन्छ । यो गणतन्त्रको घोषणा जेठको १५ गते भयो । यसको अन्त्य पनि ०८२ साल जेठको १५ गते हुन्छ,’– उहाले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्