झापा, २० फागुन । जङ्गबिर गुभाजु श्रेष्ठ प्रतिष्ठान अर्जुनधारा झापाको १५ औं बार्षिक साधारणसभा एवम् सम्मान तथा स्मारिका प्रकाशन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा स्वच्छ समाज निर्माणका लागि सरसफाइ अभियन्ता गणेश ढुंगानालाई प्रशंसा पत्र सहित सम्मान गरिएको छ ।
त्यसै गरि गुभाजु श्रेष्ठ परिवारबाट २०८१ सालको कक्षा १२ मा उत्कृष्ट नम्बर ल्याइ उतिर्ण हुने विद्यार्थी प्रदीप श्रेष्ठलाई नगद पाँच हजार, पत्रकारिता तर्फ नवीन कर्ण बिराटनगर नगद पन्द्र हजार, साहित्य तर्फ विमला प्रधान दार्जिलिङ बाहृ हजार नगदसहित सम्मान गरिएको थियो ।
त्यस्तै जेष्ठ नागरिक तर्फ नरबहादुर खड्का बिराटनगर , वीर बहादुर श्रेष्ठ ज्यामिरगडी , बिष्णुमाया श्रेष्ठ कन्काइ, तिलरुपा श्रेष्ठ भद्रपुर र साहित्य तर्फ भवानी पोख्रेललाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा सस्थापक बाबुराम श्रेष्ठ बर्षाले सम्पादन गरेको जङ्गबिर गुभाजु श्रेष्ठ प्रतिष्ठान नामक स्मारिका प्रकाशन एवम् बिमोचन गरिएको थियो ।
बिशिस्ट अतिथि साहित्यकार जिवनहरी शर्मा, साहित्यकार एवम् पत्रकार बिमला प्रधान, साहित्यकार भवानी पोख्रेल, सामाजिक अभियन्ता गणेश ढुंगानाले धन्यवाद एवम् शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
प्रतिष्ठानले गुभाजु श्रेष्ठ बंशको वृत्ति बिकास सगै शिक्षा, कवि, साहित्यकार, कला, सस्कृती पत्रकारिता एवम् सामाजिक क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने जोसुकै बर्ग, धर्मका ब्याक्तित्वहरुलाइ सम्मान गर्दै सुन्दर समाजको स्थापना गर्ने भन्दै सस्थाका सरक्षक एवम् पुर्ब साम्सद बिर्ख प्रधानले स्वागत सहित कार्यक्रमको औचित्य माथि प्रष्ट पार्नु भएको थियो ।
कार्यक्रम कविता एवम् नृत्यहरु प्रस्तुत गरिएको थियो । प्रतिष्ठानले आफ्नो १५ औं बार्षिक साधारणसभा मनाइ रहदा जङ्गबिर गुभाजुको सन्तानहरुको खोजी गरि एकता बनाउदै हराएको इतिहासलाई सदैव बाचिरहने र विभिन्न बिधाका ब्याक्तित्वहरुलाइ सम्मान र परिचय गराउने कार्यलाई ठुलो टेवा दिएको विभिन्न देशका कबि साहित्यकार, कलाकार, पत्रकार आदिलाई समेटने कार्यमा सस्थापक बाबुराम श्रेष्ठ बर्षाको सराहनीय कार्य प्रती सम्मान गर्दै प्रमुख आतिथी त्रिफला राष्ट्रिय पुस्तकालय धुलाबारीका संरक्षक प्रेम प्रकाश पोख्रेल फलाहरीले आफ्नो भनाइ राख्नु भएको थियो ।
प्रतिष्ठानका अध्यक्ष बाबुराम श्रेष्ठ बर्षाको अध्यक्षतामा संचालित कार्यक्रमको सचीव भानु श्रेष्ठले सहजीकरण गर्नु भएको थियो ।