झापा, १२ फागुन । नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ सोमबार झापाबाट सुरु भएको छ।
पार्टी अध्यक्ष उवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले झापाको कचनकवलबाट जनतासँग माओवादी तराई–मधेश जागरण अभियान सुरु गर्नुभएको हो ।
अध्यक्ष प्रचण्डले न्याय, समानता र स्वतन्त्रताको जिम्मेवारी माओवादीले लिने बताउनु भएको छ ।
अध्यक्ष प्रचण्डले झापालाई क्रान्ति, न्याय स्वतन्त्रता र समानताको प्रतीकको जिल्लाको संज्ञा दिएका छन् । हिजो क्रान्तिको, न्याय र स्वतन्त्रताको प्रतीकको रुपमा झापा जिल्लालाई चिनिन्थ्यो तर अहिले झापाको त्यो पहिचान, इतिहास र परम्परा मर्ने हो कि भन्ने खतरा बढेको छ, उहाले भन्नुभयो, झापालाई त्यो क्रान्ति, न्याय, समानता र स्वतन्त्रताको प्रतिककै रुपमा बनाइराख्नका निम्ति हाम्रो पार्टीले त्यो जिम्मेवारी लिनुपर्ने अवस्था आइपरेको छ।
प्रचण्डले झापाको त्यो पहिचानलाई झापा विद्रोहकालका साथीहरुले बिर्सिसकेको बताउनुभयो । उहाले भन्नुभयो, झापा विद्रोहका साथीहरुले त्यो बाटो छोडिसक्नु भएको छ । हामीले त्यो बाटो समाइराख्नु पर्छ भनेर पनि अभियानको थालनी झापाबाट गर्ने निर्णय गरेका हौँ, माओवादीले त्यसलाई जोगाउँछ, अब माओवादीले त्यो अभिभारा पूरा गर्छ ।