Logo

जनता र कार्यकर्ताले रूचाएको कारण म ३५ वर्षदेखि पार्टीको नेतृत्वमा छुः प्रचण्ड



रूपन्देही, ४ वैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनता र कार्यकर्ताद्वारा रूचाइएको कारण नेपाली कम्युनिष्ट आन्दोनलको इतिहासमा आफू ३५/३६ वर्षदेखि नेतृत्वमा रहेको बताउनु भएको छ ।

आज (बिहीबार) प्रेस सेन्टर नेपाल रूपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा उनले आफू सधैं नेतृत्वमा बसैं भन्ने सोचका कारणले नभएर जनता र कार्यकर्ताले रूचाएको कारण नेतृत्वमा रहेको बताउनुभएको हो । आफू सधैं नेतृत्वमा बसिराखौं भन्ने आजको दिनमा नरहेको र थुप्रै उत्तराधिकारीसमेत जन्माइसकेको उहाले बताउनुभयो ।

‘म नेपालको इतिहासमा, कम्युनिष्ट आन्दोलनमा झण्डै ३५/३६ वर्षदेखि नेतृत्वमा छु । म लगातार कार्यकर्ताद्वारा, जनताद्वारा रुचाइएका कारणले छु म । आफ्नो विचारप्रति समर्थनका कारणले छु म नेतृत्वमा । जबसम्म त्यो परिस्थिति रहिराख्छ र मैले देश र जनताको लागि केही योगदान गरिराखेको हुन्छु । मलाई हटाउनुपर्ने आवश्यकता तपाईँहरुलाई किन पर्यो ? म हटाइएपछि गणतन्त्र सुदृढ हुन्छ र ? अर्को आउनेबित्तिकै राम्रो हुन्छ भन्ने कुराको ग्यारेन्टी छ ?’ प्रश्न गर्दै उहाले भन्नुभयो ।

पार्टीको नेतृत्व लिन सक्षम एक सय एक नेताहरु तयारी अवस्थामा रहेको पनि उहाले बताउनुभयो । उपयुक्त विधि र प्रक्रियामार्फत आफू अलि भिन्न भूमिकामा जाने सोचिराखेको उहाले बताउनुभयो । अहिले आफू व्यक्तिगत चाहनाभन्दा पनि देश र जनताको आवश्यकतालाई बुझेर नेतृत्वमा बसिरहन परेको प्रचण्डले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्