झापा, १४ माघ । झापाको हल्दीबारी गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको प्राङ्गणमा आज (सोमवार) जनप्रतिनिधि तथा कर्मचारी साथै स्थानीय सरकोरबारवालाको उपस्थितिमा पालिकाको चासो, गुनासो र समस्याको वारेमा सार्वजनिक सुनवाई गरिएको हो ।
पालिकाको आयोजना तथा नागरिक एफ एमको सहजिकरणमा भएको कार्यक्रममा सहभागी स्थानीय टीका पोखरेलले ,कृषि बिकासका निमित्त पालिकामा कोल्डस्टोर, बीउ बिजनको अवस्यकता माथि, सुदिप गिरीले हुलाकी सडक अन्तरगत रहेका खाल्डाखुल्डी मर्मत, पालिकाको वेव साईड अपलोड नगरिएको कार्यपालिकाको निर्णय, सभाका निर्णय, वार्षिक बजेट जस्तो कुरा अपलोड नगरिएको जिज्ञासा राख्नुभएको थियो ।
साथै सामुदायिक बिद्यालयहरूको बिद्युत महसुल, खानेपानी महसुल र परीक्षा शुल्क पालिकाले व्यवस्थापन गर्नुपर्ने विषयमा, पत्रकार नेत्रबिक्रम बिमलीले लागू औषध नियन्त्रण ,बढ्दो चोरी र आत्म हत्याको बिषयमा ध्यानाकर्षण गराउनुभएको थियो। यसैगरी मञ्जु दाहाल, बिजय लावती, शुरेशकुमार भट्टराई, पदमबहादुर तामाङ, कुमार बजगाई, शिक्षक अर्जुन भट्टराई लगायतले जिज्ञासा राख्नुभएको थियो।
कार्यक्रममा उपाध्यक्ष लक्ष्मीदेबि मैनालीलगायत सबै वडाका वडाध्यक्षहरू, वडा सचिवहरू, सबै शाखा प्रमुखहरू तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। सार्वजनिक सुनुवाईमा उठेका चासो, गुनासो र भएको पछिल्लो उपलब्धिबारे सम्बन्धि वडाध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र), गाउँपालिका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देनले जबाफ दिनुभएको थियो।
गाउँपालिका अध्यक्ष लिङ्देनको अध्यक्षयतामा भएको कार्यक्रमको सहजिकरण नागरिक एफ एमका समाचार प्रमुख तथा पत्रकार गोपाल गिरीले गर्नुभएको थियो।