बिर्तामोड, १५ फागुन । प्रेस चौतारी झापाकी सदस्य सृजना परियारले आफ्नो जन्मदिनको अवसर पारेर चौतारीले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषमा पाँच हजार एक सय रुपैयाँ सहयोग गर्नु भएको छ ।
आज बिर्तामोडमा रकम हस्तान्तरण गर्दै फजुल खर्च गरेर जन्मदिन मनाउने पछिल्लो चलनलाई चिर्दै उहाँले सहयोग रकम हस्तान्तरण गरेको बताउनु भयो ।
केन्द्रीय सदस्य गोपाल काफ्ले, जिल्ला उपाध्यक्ष सुनिरा मैनाली, पत्रकार महासंघका उपाध्यक्ष सुब्रत न्यौपाने, सहसचिव रमेश तिवारी, सदस्य अस्मिता साँखीलगायतको उपस्थितिमा उहाँले उपचार कोषका संयाजक भिमा शिवाकोटीलाई सो रकम हस्तान्तरण गर्नुभएको हा ।