Logo

जन्म दिनमा राहत कोषमा सबुको सहयोग



झापा, २३ वैशाख । टिकटक कलेक्सन, चाइना मार्केट र विरयानी हाउसकी सञ्चालक हुन् सबु चुँडाल ।

समाजमा केही गर्नु पर्छ भन्ने मान्यता राखेकी उनले आफ्नो जन्मदिन फरक तरिकाले मनाइन् । बिर्तामोड उद्योग वाणिज्य संघमा आफ्ना श्रीमान् शिव चुडालसहित आएकी उनले संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषमा रकम प्रदान गर्दै सबुले मंगलवार आफ्नो जन्म दिन मनाएकी हुन् ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेलाई २१ हजार एक सय ११ रुपैयाँ बरावरको चेक हस्तान्तरण गर्दै संघले स्थापना गरेको कोषमा एक करोड रुपैयाँ नपुगुन्जेल हरेक जन्मोत्सवमा सहयोग गर्ने बताइन् ।

सबुका श्रीमान शिवले समेत श्रीमतीको जन्म दिन संघको कार्यालयमा आएर मनाउन पाएको भन्दै खुशी व्यक्त गरे । श्रीमती सबुको जन्म दिन मनाउन आएका शिवले भने – संघले राम्रो कामको थालनी गरेको भन्दै पंशांसा व्यक्त गरे ।

उनले आफू र परिवाका अन्य सदस्यको समेत जन्म दिन संघको कार्यालयमा आएर मनाउने प्रतिवद्धता जनाए । आफूले कमाएको रकम मध्येबाट केही हिस्सा खर्च गर्न सक्नु पर्छ भन्ने मान्यता म मा छ उनले भने – मुठ्ठी बाधेर कोही नबसौं , समाजका लागि केही न केही हामीले नै गर्नु पर्छ । यो राहत कोष तपाई हामीकै लागि हो । एक करोड रुपैयाँ पु¥याउन हामी सबै जुटौं ।

बिर्तामोड उद्योग वाणिज्य संघका सचिव राजकुमार शाहले संचालन गरेको कार्यक्रममा राहत कोषमा रकम प्रदान गर्ने सबु र शिवलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो ।  सो कदरपत्र संघका अध्यक्ष न्यौपाने सहित कोषका संयोजक राज कुमार घिमिरे ‘राजु’ले संयुक्त रुपमा प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्