Logo

जिल्ला अदालत कास्कीको आदेशविरुद्ध रवि लामिछानेद्वारा उच्च अदालत पोखरामा पुनरावेदन



काठमाण्डाै, १४ माघ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिल्ला अदालत कास्कीको आदेशविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन गर्नुभएको छ ।

हिजो जिल्ला अदालत रुपन्देहीबाट धरौटीमा छाड्ने आदेश भएपछि लामिछाने आज उच्च अदालत पोखरा पुग्नुभएको हो । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले गएकाे पुस २५ गते ६५ लाख रुपैयाँ धरौटीमा रविलाई छाड्न आदेश दिएको थियो ।

धरौटीमा छाड्ने जिल्ला अदालतको आदेशविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले पनि उच्च अदालत पोखरामा निवेदन दर्ता गराएको छ ।

उच्च अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले धरौटीमा छाड्नुको कारण पेश गर्न आदेश गरेको थियो । माघ ८ गते न्यायाधीश राजुकुमार खतिवडाको एकल इजलासले १५ दिनभित्र कैफियत प्रतिवेदन बुझाउन आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्