झापा, ६ असोज । टेरि मिकेस्का फाउन्डेसन अमेरिकाले एक समारोह बिच विभिन्न निर्माण कार्य सम्पन्न गरि जुनकीरी बिद्यालयलाई हस्तान्तरण गरेको छ ।
फाउन्डेसनले अर्जुनधारा ११ मा रहेको जुनकीरी सार्वजनिक आधारभूत बिद्यालय एवम् बन्दी सहायता नेपाललाई विद्यार्थी सयन कक्षामा दुई थान लोबेड, विद्यार्थीहरुका लागि आठ सेट डेक्सब्रेन्च, दुई सेट अफिस टेबुल, कमोड सहित शौचालय निर्माण , फलामे सिडि निर्माण , बिद्यालय ग्राउन्डमा ब्लक निर्माण र टेरि मिकेस्का गार्डेन निर्माण सम्पन्न गरि फाउन्डेसनका अध्यक्ष टेरि मिकेस्काले बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एवम् सस्थापक जगत बहादुर मगरलाई हस्तान्तरण गरिएको थियो ।
फाउन्डेसनलाई अनुमानित ६ लाखको योजना पेश गरेको स्वीकृत भै सो अनुसार बिद्यालयलाइ अति आवश्यक पर्ने कार्यहरु समयमै र सोही रकममा निर्माण सम्पन्न गरिएको प्रधानाध्यापक रन्जित परियारले बताउनु भयो ।
२०७२ सालको भुकम्प पछी नेपाल भरी सय विभिन्न स्थानमा बिद्यालय,संघ सस्थामा रहेका असाय सहयोग गर्नु पर्ने स्थानमा निरन्तर सहयोग पुर्याउदै आएको छ । यसै क्रममा यस जुनकीरी बिद्यालयलाई पनि निरन्तर शैक्षिक सहयोग र भौतिक निर्माण सहयोग गर्दै आएको भन्दै फाउन्डेसनका झापा प्रतिनिधि सुजन काफ्ले ख्यामनाथ काफ्ले,नरेस कुमार न्यौपाने र फाउन्डेसनका अमेरिकी अध्यक्ष टेरि मिकेस्कालाई कदर पत्र सहित सम्मान गरिएको थियो ।
फाउन्डेसनको तर्फबाट बिद्यालयले राम्रो कार्य गरेकोमा आफू खुसी भएको मिकेस्काले बताउनुभयो । कार्यक्रममा अर्जुनधारा नगरपालिकाका पुर्ब मेयर हरिकुमार राना,नेपाल शिक्षक संघ अर्जुनधाराकि अध्यक्ष सुजाता शिवाकोटी,नेपाल राष्ट्रिय शिक्षक सगठनका अध्यक्ष केदारनाथ पोख्रेल, महारानीगन्ज मा बि प्र अ मनबहादुर लिम्बू, सरस्वती मा बि बिर्तामोड ६ का दिपक लुइँटेल,दुर्गा काफ्ले,सलिना भट्टराई, जनप्रतिनिधि सुशीला गिरि कार्यक्रम प्रमुख अतिथि अर्जुनधारा नगरपालिका वडा न ११ का अध्यक्ष खगेन्द्र इङ्गनाम लगायतले नगर कै कान्छो बिद्यालय भौतिक संरचनामा जुनकीरी अगाडि रहेको र अब गुणस्तरीय शिक्षाका लागी शिक्षक सम्पुर्ण लाग्नु पर्ने र अब नगर कै नमुना बिद्यालय बन्न सफल रहोस् भन्दै दाता सहितलाई धन्यवाद एवम् शुभकामना व्यक्त गर्नु भएको थियो ।
जगत बहादुर मगरको अध्यक्षता सम्पन्न कार्यक्रमको स्वागत शिक्षक गितादेबी खरेलले गर्नु भएको थियोे भने सहजीकरण प्रधानाध्यापक रन्जित परियारले गर्नु भएको थियो ।
सो अवसरमा विद्यार्थीहरुले रमाइला र रोचक नृत्य प्रस्तुत गरेका थिए ।