काठमाडौं, १० चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न लायक मान्छे नभएको टिप्पणी गर्नुभएको छ।
आइतबार कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सभापति बनाए हुन्छ भन्ने टिप्पणी गर्नुभएको हो ।
यसरी हो भने राप्रपा पनि पछुताउँछ। राप्रपाले सभापति बनाए हुन्छ। पार्टी खोलेर राजनीति गरे भइहाल्यो नि, उहाले भन्नुभयो, ‘ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक मान्छे पनि होइनन्’।
उहाले पूर्वराजालाई बोकेर हिँडेको राप्रपा र राप्रपाका नेता कार्यकर्ताले पनि दु:ख पाउने टिप्पणी गर्नुभयो।