Logo

झापाको दमकमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु



झापा, २८ बैशाख । झापाको दमकमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । दर्घटनामा परी एकजना महिला घाईते भएकी छिन ।

दमक नगरपालिका वडा न. १ स्थित रबि स्टेण्डको गेटमा गएराति अन्दाजी १०ः१५ बजे बेलडाँगीबाट दमकतर्फ आउँदै गरेको ग १ ख ६४३७ नम्बरको ट्रकले फाल्गुनन्द चोकबाट बेलडाँगीतर्फ जाँदै गरेको मे ८ प ४५५८ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो । दुर्घटनामा स्कुटी चालक ताप्लेजुङ दोभान बस्ने २२ वर्षीय अंकित लिम्बूको घटनास्थलमै मृत्यु भएको हो ।

स्कुटी पछाडी सवार पाँचथर मिक्लाजुङ गाउँपालिका वडा न. ४ बस्ने ४२ वर्षीया सृजना राई घाइते भएकी छन् । उनको अवस्था गम्भीर रहेको छ । घाइतेलाई दमक अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ ।

घटनापछी ट्रक चालक फरार रहेका छन् भने ट्रक र स्कुटी प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्