Logo

झापाको बिर्तामाेडमा साङ्केन क्रियसन सञ्चालनमा



झापा, २४ वैशाख । झापाको बिर्तामोडमा साङ्केन क्रिएसन सञ्चालनमा आएको छ । किराती पहिचान झल्कने सम्पूर्ण भेषभूषा, गरगहना, बाजागाजा तथा खाद्यन्न सामाग्री पाइने साङ्केन क्रिएसन सञ्चालनमा आएको हो ।

उक्त पसलको आज बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपानले उद्घाटन गर्नुभयो। काठमाडौंमा १० बर्ष अघिदेखि सञ्चालनमा रहेको कराती पहिचान झल्कने साङ्केन क्रिएसनले बिर्तामोडमा शाखाको रुपमा बिस्तार गरिएको गौरीमान राईले जानकारी दिनुभयो ।

सञ्चालक राईका पिता शेरबहादुर राईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि समेत रहेका संघका अध्यक्ष राजु न्यौपाने, किरात राई यायोख्या झापा अध्यक्ष गणेश राई लगायतले व्यवसाय सफलताको शुभकामना दिनुुभएको थियो ।

कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका उपाध्यक्ष जीवन खड्का, बिरात याक्थुम चुम्लुङ झापा सचिव भीममाया कन्दङ्वा, धार्मिक अभियन्ता सरिता लिङ्देन, सञ्चालक राईकी माता पवित्रा राईलगायतको आतिथ्य रहेको थियो ।

किराती पहिचान, हाम्रो अभियान, मौलिक पहिरन हाम्रो सान भन्ने मुख्य उदेश्यसहित स्थापना भएको क्रिएसनमा किरातीहरुको धर्म र संस्कृतिसँग सम्बन्धीत सम्पूर्ण सामाग्री उपलब्ध रहेको सञ्चालक राईले जानकारी दिनुभयो । पसलबाट किरात समुदायको सांस्कृतिक भेषभूषाको साथ साथै बुन्छेत, सिलाम साक्मा, धजुरी–पेचुरी, वाबुक, खुर्मी, किराती गरगहना लगायत सम्पूर्ण सामग्री पाइने सञ्चालक राईले बताउनुु भयो ।

उद्घाटनको क्रममा युवा उद्यमी राईले यो व्यापारसँग मात्र नभई संस्कृति र पहिचानसँग पनि जोडिएको क्षेत्र भएकाले नयाँ पुस्ताका लागि आफ्नो भेषभूषाका विषयमा जान्ने, सिक्ने अवसर पनि भएको बताउनुभयो ।

उहाका अनुसार क्रिएसनबाट होम डेलिभरी र अनलाइन अर्डरको सुबिधा पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्