Logo

 झापाको बिर्तामोडमा छुरा प्रहार गरी एक युवतीको हत्या 



झापा, २८ भदौ । झापाको बिर्तामोडमा शुक्रवार साँझ  एक युवकले  युवतीको हत्या गरेका छन् । बिर्तामोडस्थित महानन्द चोकमा अपरिचित युवकले छुरा प्रहार गर्दा  इलाम फिक्कल घर भएकी वर्ष १९ की मनिशा लोहारको मृत्यु भएको हो ।

छुरा प्रहारबाट गम्भीर घाइते भएकी युवतीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको घाँटी, छाती र कोखामा छुरा लागेको थियो ।

घटना पछी स्थानीयको प्रतिकार छलेर भाग्न सफल भएका  कैलाली जिल्ला स्थायी ठेगाना भएका अन्दाजी २० वर्षका अनिल विकलाई अर्जुनधारा ६ मा स्थानीयले नियन्त्रणमा लएका थिए । त्यसपछि स्थानीयले प्रहरीलाई बोलाएर ति युवकलाई जिम्मा लगाएका थिए ।

छुरा प्रहार गर्ने विक पनि घाइते छन् । उनलाई उपचारको लागि बिर्तासिटी अस्पताल भर्ना गरिएको छ । छुरा प्रहार गर्ने विकलाई स्थानीयले प्रतिकार गर्दा उनी घाइते भएका हुन् । घटनाको सम्बन्धमा अनुसन्धान प्रारम्भ गरीएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताउनु भयो । दुवैजना प्रेम सम्वन्धमा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 

प्रतिक्रिया दिनुहोस्