झापा, २९ भदौ । झापाको मेचीनगरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।
मेचीनगर नगरपालिका वडा नं १३ विरान टोल बस्ने ४८ वर्षीय लक्ष्मण कार्कीले शुक्रबार साँझ गाईवस्तुलाई खुवाउनका लागि विद्युतबाट चल्ने मेशिनबाट कुटी काट्दा अचानक सर्ट भई उनलाई करेन्ट लागेको थियो।
घाइतेलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पुर्याईएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।