झापा, १७ वैशाख । झापाको चारआलीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मेचीनगर नगरपालिका–१३ प्रगति सामुदायिक वनस्थित पूर्वपश्चिम राजमार्गमा बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको ना.३ ख.२३५३ को ट्रकले सोही दिशातर्फ जाँदै गरेको मे. ८ प.६४९८ नम्वरक को मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका –१० बस्ने ६८ वर्षीय टंकप्रसाद बराल घाइते भई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा अस्पताल पुग्नसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा संलग्न ट्रक , ट्रक चालक पाँचथर फिदिम नगरपालिका – ११ बस्ने ३८ वर्षीय ठालुप्रसाद एक्तेन ९लिम्बू० र मोटरसाइकल प्रहरी चौकी चारआलीले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।