Logo

झापामा ट्रकसँग मोटरसाइकल ठोक्किँदा घाइते युवतीको उपचारको क्रममा मृत्यु



झापा, १९ जेठ । झापामा ट्रकसँग मोटरसाइकल ठोक्किँदा घाइते एक युवतीको उपचारको क्रममा मृत्यु भएको छ ।

प्रहरीका अनुसार गत जेठ १३ गते राती ९ः५५ बजेको समयमा पूर्व पश्चिम राजमार्ग अन्तरगत मेचीनगर नगरपालिका–१४ स्थित धाईजनचोकमा धुलाबारीबाट चारआलीतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४७११ नम्बरको ट्रक र सोही दिशातर्फ जाँदै गरेको प्रदेश १–०१–०१४ प ५१५२ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी मोटरसाइकल चालक मेचीनगर–१० धुलाबारीका अन्दाजी २७ वर्षीय राहुल गुप्ता र मोटरसाइकलको पछाडि सवार बुद्धशान्ति गाउँपालिका–५ का २२ वर्षीया आकृति दनुवार घाइते भएका थिए ।

घाइतेमध्ये आकृतिको बीएण्डसी अस्पताल बिर्तामोडमा आइतबार दिउँसो ४ः१० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रक तथा ट्रक चालक बिर्तामोड नगरपालिका ३ का अन्दाजी ३४ वर्षीय विजय लिम्बुलाई इलाका प्रहरी कार्यालय धुलाबारीको नियन्त्रणमा छ ।

प्रतिक्रिया दिनुहोस्