झापा ४ भदौ । झापामा नेकपा एकीकृत समाजवादीका अधिकांश नेता नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एस राष्ट्रिय परिषद् सदस्य राजेन्द्र दाहाल, मणि भण्डारी, दमक नगर कमिटीमा पूर्वअध्यक्ष महेश घिमिरे, अध्यक्ष रोशन भण्डारीसहितका नेता-कार्यकर्ता मूलघर फर्किएका हुन् । उनीहरूले पत्रकार सम्मेलन गरेर नेकपा एस त्यागेको घोषणा गरेका छन् ।
अनेरास्ववियू दमक क्याम्पस कमिटी, अखिल फोर्स दमकको सिंगो कमिटी एमालेमा समाहित भएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य रोमनाथ ओलीले र केन्द्रीय सदस्य दिपक कार्की लगायतले नवप्रवेशी नेता तथा कार्यकर्तालाई स्वागत गर्नुभएको थियो ।
दमक र कमलबाट ७० जना नेकपा एसका नेता तथा कार्यकर्ता एमालेमा फर्किएको जिल्ला कमिटीले जनाएको छ ।