Logo

झापामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



झापा, ३ कार्तिक । झापाको कमल गाउँपालिकामा भएको दुर्घटनामा परी एक व्यक्तीको मृत्यु भएपछि अहिले पूर्व–पश्चिम राजमार्गमा तनाव सिर्जना भएको छ ।

बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएपछी मृतकका आफन्त र स्थानीयले पूर्व–पश्चिम राजमार्गमा तनाव सिर्जना गरेका हुन् ।

पश्चिमबाट पूर्वतर्फ आउदै गरेको प्रदेश १–०१–००१ ख ३४३५ नम्बरको बसले सोही दिशातर्फ आउउदै गरेको १६ प ५३२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक मोरङ जिल्लाको केराबारी गाउँपालिका वडा न. ७ का ५५ बर्षिय पदम राईको घटना स्थलमै मृत्यु भएको छ ।

दुर्घटनापछि बसको गल्ती भएको भन्दै स्थानीयले बसमाथि आगजनी गरेका छन् । बस चालक गौरादह नगरपालिका वडा नं. १ का ३५ बर्षिय संजय नेपालीलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्