Logo

झापा इनर्जीद्वारा सञ्चालनको ९ महिनामा १ करोड २७ लाख युनिट बिद्युत उत्पादन गर्न सफल



झापा, १९ पुस । ‘झापा इनर्जी लिमिटेडले सञ्चालनको ९ महिनामा १ करोड २७ लाख ४ हजार ३ ११ युनिट बिद्युत उत्पादन गर्न सफल भएको छ । ‘झापा इनर्जी लिमिटेडले ९ करोड ४१ लाख रुपैयाँको बिद्युत बिक्री समेत गरेको छ ।

शिबसताक्षी-४ बुलुचोकमा स्थापना भएको कम्पनीले यस अवधिमा १ करोड २७ लाख ४ हजार ३ ११ युनिट बिद्युत उत्पादन गर्न सफल भएको जनाएको छ ।

२०७८ सालमा नेपाल बिद्युत प्राधिकरण र आयोजनाबिच बिद्युत खरिद बिक्रीको सम्झौता भएको थियो । सोही सम्झौता अनुसार २०८० माघ २० गतेदेखि त्यहाँ उत्पादित बिद्युत नेपाल बिद्युत प्राधिकरणको बुलुचोक सबस्टेसनमा लगेर राष्ट्रिय प्रशारणमा जोडिएको छ ।

यसैबिच उत्पादन सुरु भएको पहिलो तथा स्थापनाको छैठौ बार्षिक साधारण सभा कम्पनिले बिर्तामोडमा सम्पन्न गरेको छ।
कम्पनिका अध्यक्ष एलपी साँवाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सचिव सरोज श्रेष्ठले साधारण सभाको गणपूरक संख्या पुगेको जानकारी गराउनुभएको थियो।

कार्यक्रममा अध्यक्ष साँवाले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाले कम्पनि स्थापना गर्नुको उद्देश्यदेखि हालसम्मको प्रगतिबारे जानकारी गराउनुभएको थियो ।

संस्थाका संचालक राम चन्द्र उप्रेतीले स्वागत गर्नुभएको कार्यक्रममा कोशी प्रदेशका पुर्व मन्त्री झलक सिंह दर्लामी, राष्ट्रिय शहकारी विकाश वैकका अध्यक्ष महेन्द्र कुमार गिरी, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी लगायतले शुभकामना मन्तव्य राखनुभएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका प्रबन्धक सञ्चालक सुवास भट्टराईले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्