Logo

झापा मेचीनगरकी दिक्षा शिवाकोटीको अस्ट्रेलियामा शंकास्पद मृत्यु

कानूनी प्रक्रिया अघि बढाउने माइती पक्षको भनाइ



झापा, २६ भदौ । झापाको मेचीनगर-१४ की चेली तुलसामाया शिवाकोटी  (दिक्षा) को अस्ट्रेलियामा शंकास्पद मृत्यु भएको छ । अष्ट्रेलियाको  सिड्निदेखि केहीदुरिमा रहेको हाइट पार्कछेउको फिलिप्स पार्क परिषरमा त्यहाँको प्रहरीले उनको शव शंकास्पद अवस्थामा फेला पारेको हो ।

दिक्षा एकदिन अघिदेखि सिड्नीको रडेल टोलस्थित मासुजन्य ब्यापार एभरेस्ट बुचरीझमा पार्टटाइम काम गर्दै आएकी थिइन् । भने उनको श्रीमान् रबि प्रसाईं सोही बुचरीझ घरको पछाडिको फ्लोरमा रहेको एक कन्सल्टेन्सीका इन्जिनियर हुन् ।
अघिल्लो दिन रबि र तुलनामाया सँगै डिउटी जाने र सँगै फर्केका थिए । अर्कोदिन (८ सेप्टेम्बर) भदौ २३ गते सँगै डिउटी समयमा आफ्नो कार्यकक्षबाट बुचरीको अगाडि काउण्टर सोझै देखिन्थ्यो । काउण्टरमा दिक्षालाई नदेखेपछि रबिले खोजीकार्य बढाएको उनको भनाई छ ।

छोरी दिक्षा हराएकी रहिछ, दिक्षाकी आमा अम्बिका शिवाकोटीले भनिन्, अघिल्लो दिन गफ गरेकी छोरिलाई पटकपटक फोन गर्दा लागेन अनि ज्वाईं रबिलाई गरेपछी मात्रै हराएको कुरा थाहा भएको थियो । सिड्नी शहरमा ५ दिनयता एउटा कोठामा बस्दै आएकाले नयाँ शहरमा कतै झुक्किइँ होला भन्ने लाग्दै ज्वाईंलाई खोज्न आग्रह गरे ।

सो कुरा आमा अम्बिकाले जेठी छोरी आशालाई जानकारी गराएलगत्तै रबिलाई फोन गरेर पुलिस केश गर्न भनिन् । रबिले पनि स्थानीय ठाउँमा खोज्ने नभेटिए पुलिस रिपोर्ट गर्छु भने तर, दिक्षालाई न रबिले नै भेटे न स्थानीयले ।

रबिले रडेल र सिड्नी पुलिस स्टेशन पुगेर वेपता भएकी पत्नी खोजीदिन भन्दै निवेदन गरेका थिए । अस्ट्रेलियाको मिसिङ नोटिक्स सार्वजनिक गरेपछि त्यहाँको समयनुसार १०:४० बजे पसलबाट निस्किएकी दिक्षालाई झन्डै २५ किलोमिटरदुरिमा रहेको फिलिप्स पार्कभित्र ६ घण्टापछि ५ बजे शंकास्पद अवस्थामा मृत शव फेला परेको हो । प्रहरीको अनुशन्धानकै क्रम रहेकाले उनको शब हालसम्म परिवारलाई दिएको छैन ।

दिक्षाको मृत्यु कि हत्या ?

२०५३ सालमा जन्म भइ २७ वर्षकी दिक्षाको कलिलै उमेरमा कसरी र के कारणले मृत्यु भयो शंकास्पद र रहस्यमय छ । प्रहरीको रिपोर्टपछि आत्महत्या नै गरेको रहेछ भनेपनि आत्महत्या दुरुत्साहनको कानूनी प्रक्रिया अघि बढाउने दिक्षाको माइती पक्षको भनाइ छ ।

दिक्षा झापा मेचीनगर-१४ रामनगरस्थित उनका बुवा टंकप्रसाद र आमा अम्बिका शिवाकोटीको ५ जना सन्तानमध्ये कान्छी छोरी हुन् । उनका दुईजना दाजु बिदेशमै छन् । दिक्षाको मृत्युको खवरले परिवार, आफन्त र मेचीनगर-११ र १४ घरछिमेकी शोकमा डुबेका छ्न् । माइती घरमा दैनिक आफन्त र इष्टमित्रको घुइँचो छ ।

अस्ट्रेलियास्थित विभिन्न संस्थाको भनाई:

उता सत्यतथ्यका लागि प्रहरीको अनुशन्धानकै क्रममा रहेको एनआरएन अस्ट्रेलियाका अध्यक्ष महेन्द्र ओलीले जानकारी दिए । अस्ट्रेलिया आएको ४ महिनामै कसरी उनको मृत्यु भयो उनका पति, आफन्त, साथिभाई या पारिवारिक समस्याकै कारण पनि हुनसक्ने अध्यक्ष ओलीको भनाई छ ।

घटनाको हुलियाँको अवस्थापछि प्रहरीले मृत भनेको छ तर, दिक्षाको माइततिर ञसुसाइडझ घटना हो भनेर खबर गरेपछि घटना शंकास्पद नै भएको झापाली समाज अस्ट्रेलियाका अध्यक्ष अशोक उप्रेतीको भनाई छ । यद्यपि अस्ट्रेलियन प्रहरीले कुनै दवाब र प्रभाव बिना त्यसको सत्यतथ्य पत्ता लगाउन हामी पनि सहयोग गर्छौ, उप्रेतीले भने,ञअस्ट्रेलिया आएकै ४ महिनामा मृत फेला हुनुको रहस्यमय, शंकास्पद र पहिलो घटना हो । यसअघि पनि यस्ता घटना भए तर, यति छोटो समयमा चै घटना भएको थिएन ।

बहुसंख्यक नेपालीको बसोबास रहेको अस्ट्रेलियाको सिड्नीमा भएको घटना रहस्यमय भएको गैरआवासीय नेपाली समाज ञएनआरनाझ संयोजक दिनेश पोख्रेलले बताए । प्रहरीको अनुसन्धानकै क्रममा भएकाले त्यसलाई सघाउने र परिवारलाई एक्लै भएको महसुस नगर्नसमेत संयोजक पोख्रेलले आग्रह गरे । उनले अस्ट्रेलियामा रहेका कुनैपनि समस्यामा परेका नेपालीले सम्पर्क गर्नसमेत आग्रह गरे ।

दिक्षा र रबिको बैवाहिक सम्बन्ध कसरी बड्यो:
अनामनगरस्थित श्रीकृष्ण प्रसाईंका छोरा रबिले गत २०८० असार २९ गते दिक्षासँग बिधिवत रुपमा मागी बिहे गरेका थिए  । बिहेपछि रबिका लागि दिक्षा दोस्रो पत्नी बनिन्। बिहेपछी सिड्नीकै पिआर कार्ड प्राप्त रबि अस्ट्रेलिया प्रस्तान गरेका थिए । अस्ट्रेलियाको पिआर कार्ड प्राप्त पहिलो पत्निसँग सम्बन्ध बिच्छेद गरेर बसेका रबि र बिदेशबाट नफर्केका श्रीमानलाई सम्बन्ध बिच्छेद गरेर बसेकी दिक्षाबीच पारिवारिक माध्यमबाट मागी बिवाह भएको थियो ।

रबिको पहिलो पत्नीसँग २ जना छोरा अस्ट्रेलियामै छ्न् । तीमध्ये १ जना साबालक र १ जना नाबालक भएकाले ती नाबालकलाई अस्ट्रेलियामा चाइल्ड हेल्पझ अन्तर्गत रबिले नै लालनपालनको खर्च बेहोर्दै आएका छ्न् । पहिलो पत्नी अस्ट्रेलियाको न्यु साउथ वल्स प्रान्तमा  बस्दै आएकी छन् ।

दिक्षाको अस्ट्रेलिया पुग्ने सपना:

बिहेपछी दिक्षाले अनामनगरमै केही गर्न सकिने भन्दै रबिलाई पनि सम्झाएकी थिइन् । तर, नेपालको अर्थतन्त्रको अवस्था र अस्ट्रेलियाको पिआर सुबिधा उपभोग गर्न सासू-ससुराले पनि सझाएपछि दिक्षाले अस्ट्रेलिया पुग्ने रहर र खुसी जागेको थियो ।

दिक्षालाई अस्ट्रेलिया पठाउन परिवार अभिभावकले निकै मेहनत गरेका थिए । दिक्षाले पनि परिवारले अपेक्षा गरेको भरोसालाई शिरोधार्य गर्न ३ महिनासम्म एकैदिन ४ वटासम्म तालिम र कक्षा लिएकी थिइन् । ड्राइभिङ, पार्लर, आर्टकोर्ष र ल्याङ्वेजको तालिम लिएकी हुन् । डिपेन्डेन भिषाको लामो समय लाग्ने भएपछि गत २०८१ बैशाख २१ गते भिजिट भिषामा अस्ट्रेलिया पुगेकी थिइन् ।

४ महिना अघि मात्रै अस्ट्रेलिया पुगेकी उनी हरितालिका तिजकै दिन २०८१ भदौ २१ व्रत बसेर माइतमा दुई दिदिहरु र आमा- बुवासँग लाइभ भिडियो कलमा तीजको गीतमा छ्मछ्मी नाचेर देखाएकी थिइन् । अन्य भिडियोमा उनकी साथी र पति रबिसँग बनाएको भिडियो पनि पोष्ट गरेकी थिइन् । माइती र आफन्त पक्षले प्रहरी अनुशन्धानपछि नेपालमै सब ल्याइदिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्