Logo

टी-२०आई सिरिज फाइनल: नेपालले पहिला फिल्डिङ गर्ने



काठमाडौं, ३१ चैत । हङकङमा जारी चारदेशीय टी-२० आई सिरिजको फाइनलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । कुवेतविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले ३ खेलबाट ५ अंक जोड्दै फाइनल यात्रा तय गरेको हो । यस्तै ३ खेलबाट ४ अंक जोड्दै कुवेतले पनि फाइनलमा पुगेको हो ।

 

प्रतिक्रिया दिनुहोस्