काठमाडौं, ६ चैत । राप्रपाका सांसद दीपकबहादुर सिंहले पूर्वराजाको आह्वानमा जनता सडकमा उत्रिएपछि गणतन्त्रवादी दलहरु आत्तिएको टिप्पणी गर्नुभएको छ।
प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै पूर्वतिर फर्किएकाहरु पनि अहिले आत्तिएर एकैठाउँमा आइपुगेको बताउनुभयो।
उहाले भन्नुभयो, ‘तपाईंहरु धेरै आत्तिनुपर्दैन। यो देश तपाईं हामीले नै मिलेर बनाउने हो। यो देशमा गणतन्त्र ल्याएको पनि तपाईंहरुले नै हो, हामीले होइन। राजाले जनताको नासो जनतालाई नै दिएर बिदा भएको त्यो दिन तपाईंहरुले पनि राम्रोसँग देख्नुभएको थियो।’