काठमाडौं, १ जेठ । काठमाडौंको तारकेश्वरबाट प्रहरीले नक्कली कागजात बनाउने गिरोहलाई नै पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलले तारकेश्वर नगपालिका वडा नम्बर ७ फुटुङ्मा रहेको कार्यालयमै छापा मारी तीनजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गोर्खा भिमसेनथापा गाउँपालिका वडा नं १ घर भई काठमाडौंको तार्केश्वर देवीचोक बस्ने ४६ वर्षीय अन्जनी बयलकोटी, ओखलढुङ्गा चम्पादेवी गाउँपालिका वडा नं ७ घर भई बूढानीलकण्ठ बस्ने २८ वर्षीय निर्मल खड्का र मकवानपुर कैलाश गाउँपालिका-२ छ्याङ्दुङ् घर भई चन्द्रागिरि दहचोक बस्ने २३ वर्षीया अन्जु खत्री रहेका छन् ।
उनीहरुले तारकेश्वर नगरपालिका वडा नं ७ फुटुङ् स्थितमा विभिन्न सरकारी कार्यालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्र लगायतका कागजात कीर्ते गरी बनाउने गरेको सूचनाको आधारमा पक्राउ गरेको हो ।