Logo

तीनकुने घटनामाथि न्यायिक छानबिन गर्न अधिकारकर्मीहरूको माग



काठमाडौं, २४ चैत । मानव अधिकारवादी संस्थाहरूले राजावादीहरूको प्रदर्शनका क्रममा १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक घटनाको न्यायिक छानबिन गर्न माग गरेका छन् ।

तीनकुने घटनामा प्रहरीले अत्यधिक बल प्रयोग गरेको विवरणहरू सार्वजनिक भएको भन्दै उनीहरूले त्यसमा गम्भीर चासो व्यक्त गरेका हुन् ।

घटनामा ५८ राउण्ड गोली चलेको, २० जनालाई गोली लागेको, गोलीकै कारण सविन महर्जनको ज्यान गएको, घाइतेमध्ये १३ जनाको उपचार भइरहेको विवरणमाथि उनीहरूले चिन्ता व्यक्त गरेका हुन् ।

प्रहरीले तयार पारेको गोप्य प्रतिवेदन उदृत गर्दै सञ्चारमाध्यमहरूले करिव साढे ७ सय सेल अश्रुग्याँस प्रहार गरेको र १९८ राउन ब्ल्यांक राउण्ड फायर भएको विवरण सार्वजनिक भएको भन्दै उनीहरूले घातक हतियारहरूको प्रयोगमा समेत प्रश्न उठाएका हुन् ।

घटनामा ११० राउण्ड गोली चलाएको थियो भने दुई सय राउण्ड रवरको गोली चलेको थियो । त्यसबाहेक नेपाल प्रहरी र शसस्त्रले साढे ९ सय राउण्ड गोली चलाएका थिए । एसएलआर र इन्सासजस्ता घातक हतियारको समेत प्रयोग भएको औल्याउदै उनीहरूले प्रहरीको बल प्रयोगमाथि प्रश्न उठाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्