Logo

तीनकुने घटना: रविन्द्र मिश्रलाई ५ दिन म्याद थप



काठमाडौं, २५ बैशाख । तीनकुने घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

बिहीबार जिल्ला अदालत काठमाडौंले उनीहरुसहित २४ जनालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

न्यायाधीश मोना सिंहको इजलासले उनीहरूविरुद्ध सातौँ पटक राज्य विरुद्धको कसुरमा म्याद थप गरेको हो।

प्रतिक्रिया दिनुहोस्