Logo

दक्षिण अफ्रिकामा बाढी, ६० जनाको मृत्यु



एजेन्सी ्र ११ बैशाख । दक्षिण अफ्रिकाको पूर्वी क्षेत्रमा आएको बाढीमा परी कम्तीमा ६० जनाको मृत्यु भएपछि राष्ट्रपति सिरिल रामाफोसाले स्थलगत अवलोकन गरेका छन।

दक्षिण अफ्रिकामा हालका दिनहरूका भारी वर्षा भएको र सोही कारण गत हप्ताबाट दक्षिण र पूर्वी भागहरू प्रभावित भएका छन्। लिबिया र सुडानमा जारी द्वन्द्वको विषयमा इजिप्टमा भएको सम्मेलनबाट फर्किएका रामाफोसाले यस बाढीबाट ज्यान गुमाएका परिवार र समुदायप्रति दुःख प्रकट गर्दै सरकारले पूर्ण सहयोग गर्ने बताएका छन।

यस बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्न राष्ट्रपतिले सबैसँग आह्वान गरेका छन। यस बाढी र पहिरोमा परी मंगललबारसम्म ३३ जनाको मृत्यु भएको थियो। तर पहिरोमा पुरिएका व्यक्तिलाई निकाल्ने क्रममा सो संख्या ६० पुगेको हो।

यस बाढीका कारण भवन भत्किएका र विद्युत प्रशारण लाइनमा पनि समस्या आएको छ। सहयोग, उद्धारलगायत बाढी प्रभावित व्यक्तिलाई सुरक्षित स्थानमा सार्नका लागि दक्षिण अफ्रिकी सेनालाई परिचालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्