Logo

दक्षिण कोरियामा इलामकी २० वर्षीया सोनु श्रेष्ठको निधन



इलाम, ३ भदौ । अध्ययनको सिलसिलामा ६ महिनाअघि दक्षिण कोरिया गएकी इलामकी वर्षीया सोनु श्रेष्ठको दक्षिण कोरियामा निधन भएको छ। माई नगरपालिका–१ तिलटारकी २० बर्षिया श्रेष्ठको हिजो आइतबार निधन भएको हो।

दक्षिण कोरियास्थित उल्सान विश्वविद्यालयमा अध्ययनरत श्रेष्ठको आइतबार निधन भएको खबर आएको पारिवारीक श्रोतले जानकारी दिएको छ।

उनको हृदयघातका कारण निधन भएको खबर परिवारसम्म आइपुगेको छ। यद्यपि, के कारणले निधन भएको हो भन्ने अहिलेसम्म खुलेको छैन।

सोमबार दिउँसो उनको शव पोस्टमार्टम भइसकेको छ। उनको शव नेपाल पठाउनका पहल भइरहेको जानकारी दिइएको छ ।

उनका बुवा लिला कुमार श्रेष्ठ विगत केही वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा थिए।

मलेसियामा रहेका लिला कुमारको पनि तीन महिनाअघि मात्रै निधन भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्