Logo

दमकमा हावाहुरीको वितण्डा



झापा, १९ जेठ । झापाको दमकमा हावाहुरीले ठूलो क्षति पुर्याएको छ । हावाहुरीको कारण केही घरको छाना उडाएको छ। कुनै घरको सिसा फुटाएको छ भने ठाउँ ठाउँमा बिजुलीको पोल ढलेको छ।

अबिरल बर्षासंगै गएराति आएको हावाहुरीले दमक नगरपालिका वडा न.९ मा बन्द अवस्थामा रहेको तुलसी बहुमुखी सहकारी संस्थाको भवनको अगाडीको सम्पूर्ण सिसा फुटी झर्दा सोही भवन अगाडी पार्क गरी राखेको मे १ ज २०३० नम्बरको बोलेरो गाडीको अगाडीको सिसा फुटेको छ । साथै बोलेरोको अगाडीको भागसमेत कुच्चिएर क्षति भएको छ ।

सोही भवनको माथि लगाएको ट्रस समेत हावाले उडाई सोही स्थानमा बस्ने कमला पोखरेल(भट्टराई) ले संचालन गरेको दाजुभाई पसलको छानोमा ट्रस झरी क्षति पुगेको छ । घटनाको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै हावाहुरीसंगै आएको पानीले दमक नगरपालिका वडा न.४ अडियामलमा अडियामलबाट आम्दा अस्पताल निस्कने भित्री सडकखण्डमा रहेको ७ वटा बिजुलीको पोल ढलेको छ । पोल ढलेर बाटो अबरोध भएसंगै बिजुलीको लाइन काटिएको छ ।

प्रतिक्रिया दिनुहोस्