Logo

दमक भ्यू टावर शुल्क लिएर सञ्चालन गर्न दिने सरकारको निर्णय



झापा, १ जेठ । सरकारले दमकको भ्यू टावर हाललाई शुल्क लिई सञ्चालन गर्न स्वीकृति दिएको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले झापाको दमकमा रहेको ‘दमक व्यापारिक कम्प्लेक्स’लाई शुल्क लिएर सञ्चालन गर्न गर्न दिने निर्णय गरेको हो।

सरकारले डेढ अर्ब खर्च गरेर भ्यूटावर बनाएको हो। यसको सञ्चालन मोडालिटी अझै टुंगिसकेको छैन।

व्यावसायिक केन्द्र बनाउने भनिएको टावर १ सय मिटर अग्लो बनेको छ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले २७ असार २०७६ मा उक्त टावरको शिलान्यास गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्