काठमाण्डाै, ३ फागुन । अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको खेल समय परिवर्तन भएको छ ।
आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले विज्ञप्ति निकालेर खेल समय परिवर्तन भएको जानकारी गराएको हाे । यसअघि दिउँसो साढे १ बजे र बेलुकी साढे ५ बजे खेल हुने तय भएकोमा अब दिउँसो २ बजे र बेलुकी ६ बजे खेल हुने एन्फाले जनाएको छ ।
पर्सिदेखि त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुने शुरू हुने चारदेशीय महिला फुटबल प्रतियोगितामा नेपाल, म्यानमार, लेबनान र किर्गिस्तान छन् । उद्घाटन खेलमा दिउँसो २ बजे म्यानमार र लेबनान तथा बेलुकी ६ बजे नेपाल र किर्गिस्तान खेल्दैछन् ।
सिङ्गल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल फागुन १४ गते हुनेछ ।