Logo

दिनेश डिसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त



काठमाडौं, १३ भदौ । चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त हुनु भएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उहालाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन जनाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस भएको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार डिसीसँगै, दीपा पाण्डे र राजेश थापाको नाम पनि सिफारिस भएको थियो ।

बोर्डको अध्यक्षका लागि अभिनेत्री करिश्मा मानन्धरले पनि आवेदन दिनुभएको थियो । यद्यपी उहा ३ जनाको सर्टलिस्टमा समेत पर्न सम्नुभएन ।

आवेदन दिएका मध्ये सिफारिस भएका ३ जनासँगै मानन्धर, प्रकाश भट्टराई र अर्जुनकुमार डंगोलसहित ६ जनाको आवेदन स्वीकृत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्