झापा ११ जेठ । पूर्वराजा ज्ञानेन्द्र शाह दुई हप्ते बसाइका लागि आइतबार झापा आउनुभएको छ ।
राजसंस्था पक्षधरहरूले यही जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन गर्ने तयारी गरिरहेका बेला पूर्वराजा शाह दमक–९ स्थित हिमालयन महालक्ष्मी टी इस्टेटको मिनी दरबारमा आउनुभएको हो । अपराह्न ४ बजेको बुद्ध एयरको विमानबाट हा झापा आउनुभएको हो। पूर्व राजा शाहको स्वागतको लागि केही समर्थकहरु विमानस्थल पुगेका थिए ।
पूर्वराजाको सुरक्षाको लागि सशस्त्र प्रहरी बल, नेपालको टोली दुई दिनअघि नै काठमाडौँबाट हिमालय महालक्ष्मी टी इस्टेटको मिनी दरबारमा आइसकेको छ।
हिमालय महालक्ष्मी टी इस्टेटको मिनी दरबारमा केही दिनदेखि पूर्वराजाको परिवारका सदस्यहरूको आउनेजाने क्रम चलिरहेको बताइएको छ।