Logo

देवलक्ष्मी कृषि सहकारीको आठौं बार्षिक साधारणसभा सम्पन्न



झापा, २९ पुस । देवलक्ष्मी कृषि सहकारी सस्था अर्जुनधाराको आठौं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

कार्यक्रममा सहकारी सस्थाका अध्यक्ष नरेन्द्र खड्काले आ व २०८०/०८१ को बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी दिनमा शेयर संख्या १० हजार पुर्याउने, पशु बिमा लगायत अन्य कृषि कार्यक्रम अझ बढाउने लक्ष्य रहेको बताउनु भयो ।

कार्यक्रममा सस्थाले शेयर पूजी ४ लाख ९२ हजार बचत यस साल सहित १० लाख ११ हजार ८ सय ३ रुपैया र कर्जा लगानी लगानी ६ लाख ३० हजार रहेको आर्थिक प्रतिवेदन कोषाध्यक्ष सन्चमाया राइले प्रस्तुत गर्नु भएको थियो ।

सो अवसरमा असल कृषिकको रूपमा सुरेस हुमागाइ, असल बचत कर्ता तेज बहादुर लिम्बू, असल कारोबार (ऋणिको)को रूपमा पिङ्की चौधरी र असल सहयोगीको रूपमा अन्जन तामाङलाई मायाको चिनो सहित सम्मान पत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा नगरपालिका बिकास बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष प्रत्युष आजाद रानाले कृषि क्षेत्रमा यश सहकारीले गरेको कार्य प्रती धन्यवाद व्यक्त गर्दै आगामी दिनमा कृषकहरुलाइ आत्म निर्भर बनाउन बीउ बिजन अनुदान एवम् नगदे बालीको ब्यवस्थापनका लागि कार्य गर्न सुझाव दिनुभयो ।

त्यसैगरी बिशिस्ट अतिथि देवलक्ष्मी कृषि सहकारी सस्थाका सस्थापक एवम् कर्मचारी युनियन बचत तथा ऋण सहकारी सस्था अध्यक्ष जगत बहादुर मगर, सहकारीकर्मी गङ्गा प्रसाद मैनाली, वडा नम्बर ११ का कार्यबाहक अध्यक्ष केशव अधिकारी, सामाजिक ब्याक्तित्व नरहरी चापागाईं, देबि प्रसाद बिमली लगायतले आठौं साधारणसभा सफलता एवम् सम्मानितहरुमा शुभकामना व्यक्त गर्नु भएको थियो ।

सस्थाका अध्यक्ष नरेन्द्र खड्काले अध्यक्षता गर्नु भएको कार्यक्रममा स्वागत लेखा संयोजक रन्जित परियार र सहजीकरण सचिव हरि भण्डारीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्