Logo

देशमा दुराचार व्याप्त छ, जनताले राजा खाजेको छन्ः काली बाबा (भिडिओ)



काठमाडौँ, ४ भदौ । गुरू बाबा कालीदाश स्वामी कृष्णानन्द परमहंश (काली बाबा) ले भ्रष्टाचार र दुराचारले नेपाल जर्जर भएको बताउनुभएको छ ।

मंगलवार भारत जानुअघि काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले यस्तो बताउनुभएको हो । उहाँले युवा,युवतीहरुले विदेशमा गएर श्रम बेचेर पठाएको पैसाले नेताहरुले अमेरिका, बेलायत, स्कटल्याण्डमा आफ्ना सन्तानलाई शिक्षा, दिक्षाका लागि पठाइरहेको भन्दै यो कस्तो नैतिकता हो रु भन्दै प्रश्न गर्नुभयो । उहाँले सबै नेपालीले यसबारेमा सोच्नुपर्ने बेला भएको बताउनु भयो ।

उहाँले नेपालमा अहिले अनैतिक, दुराचार, भ्रष्टाचार भइरहेको भन्दै नेपाली जनताले अब सहन नहुने बताउनु भयो ।

नेताहरुले नेपालाई हिन्दुराष्ट्र घोषणा नगरेसम्म नेपालमा आफूले अभियान सञ्चालन गरिरहने बताउनु भयो । उहाँले आफूले नेपालका विभिन्न स्थानमा भ्रमण गर्ने क्रममा नेपाली जनताले राजा ल्याइदिन आफूसँग आग्रह गरेको पनि बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्