Logo

‘देशले अब यही परिस्थिति थेग्न सक्दैन’: लिङ्देन



धनगढी, १८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले देशको अवस्था थप बिग्रिन नदिन विकल्पमा जानुपर्ने बताउनुभएको छ।

पार्टीले आज धनगढीमा गरेको प्रदेशस्तरीय विरोधसभामा उहाले देशले अब यही परिस्थिति थेग्न नसक्ने भन्दै नयाँ समझदारी गर्न आवश्यक रहेको धारणा राख्नुभयो।

उहाले भन्नुभयो, ‘अब पनि कांग्रेस र कम्युनिष्टबाट देश बन्छ भन्नु देश बर्वादमा जानू हो, अब यिनीहरुले देश बनाउँछ भनेर नपर्खौ, विकल्प रोजौँ।’

अध्यक्ष लिङदेनले अभिभावकको रुपमा राजालाई राखेर जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसहितको ब्यबस्था लागू गर्नुपर्नेमा जोड दिनुभयो। चाँडै यो ब्यबस्था लागू गर्न नसके देश बर्वाद हुने लिङदेनको भनाइ छ। उहाले भन्नुभयो, ‘भ्रष्टाचारीलाई संरक्षण गर्ने गरी कानुन बनाइरहेको बर्तमान सरकार असफल भइसक्यो, कमिशन खानलाई एयरपोर्ट बनाइरहेका छन् अनि यिनीहरुबाट देश बन्छ भनेर के आश गर्ने। युवा बेचेर देश चलाउनुपर्ने अबस्थाको चाँडै अन्त्य गर्नुपर्ने उहाको भनाइ छ।

राप्रपा निर्देशन समितिका अध्यक्ष एवं पूर्वमन्त्री डा प्रकाशचन्द्र लोहनीले राजनीतिक, शासकीय, आर्थिक र परराष्ट्रका दृष्टिमा देश समस्यामा रहेको रहेको बताए। उनले सबै राजनीतिक शक्तिबीच निषेध नभई एकता गरेर समस्या समाधान खोजिनुपर्ने बताउनुभयो।

पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले मुलुकलाई सही बाटोमा लैजान शासन व्यवस्थामा सुधार हुन जरूरी रहेको बताउनुभयो। सभामा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे, दीपकबहादुर सिंह, कुन्तिकुमारी शाही, जयन्त चन्द, धर्मराज जोशीलगायतले सम्बोधन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्