Logo

देशैभरिको मौसम आंशिक बदली

काठमाण्डौमा आज यस वर्षकै कम तापक्रम मापन



काठमाडौँ, २८ मंसिर । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ।

यतिबेला (शुक्रबार बिहान) देशभरको मौसम आंशिक बदली छ। तराई तथा उपत्यका क्षेत्रका धेरै स्थानमा अहिले हुस्सुका साथै केही स्थानमा कुहिरो लागिरहेको छ।

आज दिउँसो र राति पनि देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार कोसी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ। आइतबार दिउँसो र राति देशभरको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

आज बिहानको समयमा तराई तथा उपत्यका क्षेत्रका धेरै स्थानमा हुस्सुका साथै केही स्थानमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिकरआंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

काठमाण्डौमा आज यस वर्षकै कम तापक्रम मापन

काठमाण्डौमा आज यसवर्षको अहिलेसम्मकै कम तापक्रम मापन भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान पौने ६ बजे ३ दशमलव ४ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । यो बैशाख पछिको कम तापक्रम हो । हिजो र अस्ति काठमाण्डौको न्यूनतम तापक्रम ३ दशमलव ९ डिग्री सेल्सियस थियो ।

 

प्रतिक्रिया दिनुहोस्