धनगढी, ९ भदौ । धनगढीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास अगाडि शङ्कास्पद वस्तु फेला परेको छ।
धनगढी उपमहानगरपालिका–४ कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवा निवास अगाडि शनिबार राति शङ्कास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले एउटा पुरानो झोलामा तार बेरिएको अवस्थामा शङ्कास्पद वस्तु भेटिएको बताउनुभयो ।
उक्त वस्तु के हो भन्ने कुरा नखुलेको र नेपाली सेनाको डिस्पोजल टोलीलाई बोलाइएको प्रहरीले जनाएको छ।
नेपाली सेनाको टोलीले अहिले शङ्कास्पद वस्तु निष्क्रिय पार्ने तयारी गरेको छ । देउवा निवास जाने दुवै सडकहरू बन्द गरिएका छन् । उक्त वस्तु के हो भन्ने कुरा अझै खुलेको छैन।