झापा, ८ मंसिर । शिक्षा युवा तथा खेलकुद शाखा समूह बिद्यालय अर्जुनधाराले ध्यान योग स्वजागरण कार्यक्रम सम्पन्न संगै नव प्रधानाध्यापकलाई स्वागत गरेको छ ।
जीवन बरदान प्रतिष्ठानद्वारा विद्यार्थी एवम् शिक्षकहरुका लागि अति आवश्यक ध्यान योगको प्रशिक्षण प्रदान गरेको छ । हामीले आफ्ना बालबालिकाहरुलाइ ध्यान दिएर पढनु भने उनिहरुले के साच्चै ध्यान दिएर पढदै छन त ? ध्यान दिएर पढन त बिषय हुनु जरुरी छ त्यस कारण जीवन बिज्ञानका बारे हामीले आफैलाई आफुले कति बुझ्न सकियो शरीरका अङ्गहरुले हामीलाई चलाएका हुन कि हाम्रो मनले अङ्ग चलाएको हो यो बुझाइ पहिला स्पष्ट हुन जरुरी छ ।
ध्यान योग दैनिकी बिद्यालयको कक्षाकोठा हुनु जरुरी छ जस्मा उठेर ताली बजाउने, नमस्कार प्रणायम गर्ने,रमाउने हसाउने र बसेर ध्यान गर्ने हिजो पढेका कुरा सम्झिन लगाउने करिब यो प्रक्रिया ५ मिनेट गर्नाले विद्यार्थीमा ताजगी र सक्रियता साथ पढाइमा सहभागी हुने आफुमा भएको तनावबाट मुक्त हुदै सहज जिवनको मार्ग प्रसम्त हुने शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख देवेन्द्र मल्लले बताउनु भयो ।
ध्यान योग सम्पुर्ण पालिकामा पुर्याउने जानकारी गराउनु भयो । कार्यक्रम जीवन बरदान प्रतिष्ठानका कल्याण मित्र प्रतिनिधि लक्ष्मण न्यौपाने र सुमना दाहालले प्रशिक्षण गराउनु भएको थियो ।
कालिस्थान माद्यमिक बिद्यालयमा संचालित कार्यक्रममा अरुणोदय आधारभूत बिद्यालय एवम् लक्ष्मी आधारभूत बिद्यालयका नव प्रधानाध्यापक पुष्पलाल गिरि र देबिनारायण बिष्टलाई नेपाली टोपी लगाइ एवम् फुलगुच्छाले स्वागत तथा सफल कार्यकालको स्वागत बिदाइ समितिका अध्यक्ष मनबहादुर लिम्बू, शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख देवेन्द्र मल्ल, प्रधानाध्यापक रुपक दाहाल,बिनोद गौतम,सुजाता शिवाकोटी, केदारनाथ पोख्रेल लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको अध्यक्षता जेष्ठ प्रधानाध्यापक ईन्द्र उप्रेती प्रमुख आतिथ्य शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव तोयानाथ रेग्मीले गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण शिक्षा शाखाकि प्राबिधिक सहायक समिरा दाहालले गर्नु भएको थियो ।