Logo

नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा हुने



काठमाडौं, ११ बैशाख । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा हुने तय भएको छ । आठौं राष्ट्रिय खेलकुद भने प्रदेश नम्बर पाँचमा आज समापन हुँदैछ ।

सोही समापन कार्यक्रममा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको जिम्मेवारी गण्डकी प्रदेशलाई सुम्पिने तय भएको राष्ट्रिय खेलकुद परिषद्ले जानकारी दिएको छ । राखेपका अनुसार नवौं आयोजनाका लागि कुनैपनि प्रदेशले दावी नगरेपछि गण्डकी प्रदेशलाई दिने तय भएको हो । राष्ट्रिय खेलकुद हरेक २ वर्षमा हुने गरेको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले आठौंको समापन गरेसँगै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको झण्डा गन्डकी प्रदेश खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठलाई हस्तान्तरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्