Logo

नागरिकले सबैभन्दा धेरै मन पराएकाे राजनीतिक दल एमाले हाे : ओली



 

काठमाण्डाै, २५ पुस । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको अस्तित्व सकिदिने भनेर लागे पनि अहिले एमालेकै नेतृत्वमा सरकार सञ्चालन भइरहेको बताउनुभएको छ ।

एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका सन्दर्भमा आज आयोजित राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै ओलीले एमालेलाई भित्तामा टाँसिदिने जस्ता अभिव्यक्ति दिनेहरूलाई पन्छाएर एमाले देशमा नागरिकले सबैभन्दा धेरै मन पराएको राजनीतिक दल रहेको जिकिर गर्नुभयाे ।

ओलीले आफू इमानदारिताका साथ काम गर्ने व्यक्ति भएको उल्लेख गर्नुभयाे । केही मानिसले केपी ओली को हो र भन्ने गरेको आफूले सुनेको भन्दै उहाँले आफू साधारण मान्छे भएको बताउनुभयो ।

ओलीले एमालेसँग युवाशक्ति छ कि छैन भन्ने कुरा आउँदाे फागुन १५ गतेको अनेरास्ववियुको चुनावबाट देखाउनुपर्ने बताउनुभयो । प्रचारबाजी र भ्रम लामो समयसम्म टिक्न नसक्ने उहाँकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्