Logo

नेपाल(भारत सीमाबाट पेस्तोल र गोली बरामद



रौतहट, ११ बैशाख । नेपाल(भारत सीमा नजिकैबाट एक थान पेस्तोल र त्यसमा लाग्ने गोली प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्ट मोतीपुर नरकटियाबाट संयुक्त रूपमा खटिएको प्रहरीले चेक जाँचका क्रममा बुधबार एक कटुवा पेस्तोल र गोली बरामद गरेको हो। प्रहर पर्रोहवा नगरपालिका ८ स्थित नेपाल(भारत सीमा नजिकबाट उक्त हतियार बरामद भएको प्रहरीले जानकारी दिएको छ। प्रहरी टोलीलाई देख्नासाथ अपरिचित दुई जना व्यक्ति गम्छा छोडी भागेकोले गम्छाभित्र उक्त कटुवा पेस्तोल र सोको गोली फेला पारी बरामद गरेको प्रहरीले जनाएको हो।

फरार व्यक्तिहरूको खोजी भइरहेको र उक्त हतियारका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्