काठमाडौं , २८ पुस । नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डबिच त्रिदेशीय महिला टी – २०आई सिरिज हुने भएको छ । नेपालको आयोजनामा त्रिवि क्रिकेट मैदानमा जनवरी ३० देखि फेब्रुअरी ७ सम्म टी-२०आई सिरिज हुन लागेको हो ।
सिरिजमा एक टोलीले ६ खेल खेल्नेछ । पहिलो खेल जनवरी ३० मा नेपाल र नेदरल्यान्डसबिच हुनेछ । महिला प्रधानमन्त्री कप क्रिकेट लगत्तै नेपालले त्रिदेशीय सिरिज खेल्न लागेको हो ।