Logo

नेप्से परिसूचक ५ दशमलव २९ अंकले घट्यो, कारोबार भने २१ अर्ब बढी



काठमाडौं, १७ साउन । साताको कारोकारका अन्तिम दिन शेयर बजार घटेको छ । आज (बिहीबार) शेयर बजार परिसूचक ९नेप्से० ५।२९ अंकले घटेको छ । हिजो (बुधबार) ६४ अङ्कले बढेको शेयर मार्केट आजमा आज सामन्य करेक्सन आएको हो ।

आज सामान्य करेक्सन आएपनि कारोबार रकम भने हिजोकै हाराहारीमा रहेको छ । आज २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार बराबरको शेयर कारोबार भएको छ ।

हिजो ६४ अंकले बढ्दा २१ अर्ब ८९ करोड रुपैयाँको कारोबार भएको थियो । आज ५ करोड १३ लाख २१ जहार ६२९ कित्ता शेयर कारोबार भएको छ ।

८ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।
यद्यपि, बिहीबारकै बजारलाई हेर्दा पनि सेयर बजारले नयाँ–नयाँ उचाई तय गर्ने काम जारी राखेको देखिन्छ । बुधबार अहिलेसम्मकै उच्च कारोबार गरेर रेकर्ड कायम गरेको नेप्सेले आज फेरि इन्ट्रा डे मा २८ सयको मनोवैज्ञानिक विन्दु पार गर्न सफल भयो । गत बुलबाट तल झरेको बजार त्यसपछि २८ सयमाथि जान सकेको थिए । तर बिहीबार इन्ट्रा डे मा नेप्सेले २८ सयको मनोवैज्ञानिक रेखा पार गर्न पनि सफल भयो । त्यसपछि भने सूचक पुनः घटेर २७ सयकै लाइनमा फर्कियो ।
बजार २०३७ अंकबाट लगभग निरन्तरजसो बढिरहेको छ । यसबीचमा एकाध दिनमा मात्र सानातिना करेक्सन आएको हो । त्यसपछि पुनः चम्किंदै नेप्से २८ सयको तहसम्म आइपुगेको हो । लामो समय डिप्रेस भएको बजारमा एकाएक लगानीकर्ता उत्साहित हुँदा नेप्सेले आक्रामक गति लिन सकेको हो । बढ्दो सूचकलाई दैनिक कारोबार रकमले पनि उत्तिकै साथ दिइरहेको छ । यही कारण पनि बजारको वृद्धि सबल देखिएको हो ।
बजारमा नयाँ ब्रोकरहरुको संख्या थपिएकाले पनि कारोबार रकम धेरै हुन सहयोग पुगेको देखिन्छ । नयाँ लगानीकर्ताहरु थपिएका छन् । पुरानाको पनि आत्मबल थप बढेको देखिन्छ । बैंकहरुबाट सेयर धितो कर्जा लिएर लगानी गर्नेहरु पनि बढेको ब्रोकरहरुको भनाई छ । यी सबै सकारात्मक कारण एकसाथ देखिंदा बजारले गति लिन सकेको हो ।
यसअघि ब्याजदर घटेको महिनौंसम्म पनि सेयर बजार वृद्धि हुन सकेको थिएन । प्रणालीमा तरलता थुप्रिएको थुप्रियै थियो । तर पनि नेप्से अघि बढ्नै सकेको थिएन । किनभने आम लगानीकर्ताको मनोबल उच्च हुनै सकेको थिएन । जब नयाँ सरकार गठन भयो अनि सरकारले पुँजी बजार सुधारप्रति प्रतिबद्धता जनायो त्यसपछि मात्र लगानीकर्तामा उच्च मनोबल देखिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्