Logo

पाँचथर डढेलोमा जल्दा ज्यान गुमाउनेको संख्या २ पुग्यो



पाँचथर, २२ चैत । पाँचथरमा जथाभावी लगाइएको डढेलोमा जल्दा ज्यान गुमाउनेको संख्या २ पुगेको छ । फिदिम १३ जौवारीको जंगलमा लगाएको डढेलोमा फस्दा जलेर गम्भिर घाइते भएकी फिदिम १३ निवासी ४७ वर्षीया उषाकला राई नेम्वाङको आज मृत्यु भएस‘गै ज्यान गुमाउनेको संख्या २ पुगेको हो ।

यसअघि गएराति कुम्मायक गाउ‘पालिका ३ की २२ वर्षीया प्रतिमा सम्बाहाम्फेको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको थियो ।

कुम्मायकको डढेलोमा पर्दा स्थानीय २८ वर्षीया सपना सम्वाहाम्फे, उनकी ११ वर्षीया छोरी सिवाना सम्बाहाफे र ६० कि निरमाया सम्बाहाफेलाई उपचारका लागि विराटनगर स्थित सिटि अस्पताल पु¥याइएको छ । उनीहरुको पनि अवस्था गम्भिर छ । यस्तै कुम्मायक–१ खाल्डेमा लागेको आगो निभाउन गएका सोहि स्थानका ३१ बर्षिय खगेन्द्र विश्वकर्मा भने लडेर घाइते भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्