Logo

पाकिस्तानविरुद्धको टेस्टमा दक्षिण अफ्रिकाको क्लिन स्विप



काठमाडौं, २३ पुस । दक्षिण अफ्रिकाले पाकिस्तानसँगको टेस्ट शृङ्खला क्लिन स्विप गरेको छ ।

दोस्रो टेस्टमा दक्षिण अफ्रिकाले १० विकेटको जित हात पारेको हो । विजयी टोलीका डेभिड बेडिङघमले ३० बलमा ४७ रन प्रहार गरेपछि दक्षिण अफ्रिकाले चौथो दिनमा खेल सकेको हो।

यसैगरी आइडन म्याक्रमले १४ रन जोडे । यसअघि रेन रेकिल्टनको २५९ रनको योगदानमा दक्षिण अफ्रिकाले पहिलो पारीमा ६१५ रन जोडेको थियो । १९४ रनमा सीमित हुँदै फलोअनमा परेको पाकिस्तानले दोस्रो पारीमा ४७८ रन जोडेको थियो ।

दोस्रो पारीमा सान मसुदले १४५ तथा बाबर आजमले ८१ रन जोडे । यी दुईले पहिलो विकेटका लागि २०५ रनको साझेदारी गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्