Logo

पुटिन-विटकोफ ४ घण्टा लामो भेटपछि युद्धविरामको आशा, ट्रम्पको सकारात्मक संकेत



काठमाडौं, ३० चैत । शुक्रबार सेन्टपिटरबर्गमा अमेरिकी दूत स्टिभ विटकोफले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका छन् । करिब चार घण्टा लामो यो वार्तामा युक्रेन युद्धको व्यवस्थापनबारे गम्भीर छलफल भएको रुसी पक्षले जनाएको छ ।

रुसी राष्ट्रपति पुटिनका विशेष दूत किरिल डिमिट्रिभका अनुसार, यो वर्ष मात्र विटकोफ र पुटिनबीच यो तेस्रोपटक भेटवार्ता भएको हो । उनले वार्तालाई उपलब्धिमूलक भन्दै, केही महत्वपूर्ण विषयमा सहमति बनेको जनाए । यद्यपि, उनले तत्कालै कुनै ठोस निर्णय नहुने स्पष्ट गरे ।

वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिन युद्धविरामप्रति सकारात्मक देखिएको टिप्पणी गरेका छन् । यद्यपि, यसअघि शुक्रवार बिहान ट्रम्पले सामाजिक सञ्जालमा रुसप्रति आक्रोश व्यक्त गर्दै हजारौँ जनाको ज्यान गइरहेको र रुस अझै युद्धतर्फ अग्रसर भइरहेको गुनासो गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्