गोरखा, ९ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखाको गोरखकाली र गोरखनाथ मन्दिरमा विशेष पूजा गर्नुभएको छ ।
शनिबार बिहान १० बजे मन्दिर पुगेर शाहले विशेष पूजा आराधना गर्नुभएको थियो । साथै उहाले गोरखा दरबारको अवलोकन पनि गर्नुभएको छ ।
गोरखनाथ मन्दिरमा दर्शन गर्दा पृथ्वीनारायण शाहलाई राज्य विस्तारको आशिर्वाद मिलेको जनविश्वस छ। राजसंस्था पुनस्स्थापनाको माग उठिरहेको समयमा पूर्वराजा शाह गोरखा पुगेर गरेको पूजालाई विशेष महत्वका साथ हेरिएको छ।
शाह मन्दिर जानुपूर्व बिहान ९ बजे तनहुँको आवुखैरेनीदेखि गोरखा दरबारसम्म राजसंस्था समर्थकहरूले मोटरसाइकल र्याली गरेका थिए।
शिवसेना, राष्ट्रिय सरोकार मन्चलगायत युवा दस्ताले शाहको स्वागतमा मोटरसाइक र्याली गरेको हो। उहा भोलि आइतबार मनकामना मन्दिर दर्शनका लागि पुग्ने कार्यतालिका रहेको छ।