झापा, १ भदौ । पूर्वका चारवटा जिल्लाका अर्थोपेडिक सर्जन डाक्टरहरु संगठित भएका छन् । पूर्वका झापा, ईलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका अर्थोपेडिक सर्जन डाक्टरहरु नेपाल अर्थोपेडिक एशोसिएशन मेची च्याप्टर नाम दिएर संगठित भएका हुन् ।
अर्थोपेडिक एशोसिएसनको मेची च्याप्टरको अध्यक्षमा डा. लक्ष्मी प्रसाद मैनाली चयन हुनुभएको छ भने, एशोशिएसनको बिधान अनुसार आगामी कार्यकालका लागि अध्यक्षमा डा. आनन्दराज खनाल चयन हुनुभएको छ ।
१५ सदस्यीय गठित नयाँ समितिको बरिष्ठ उपाध्यक्षमा डा. प्रेम बहादुर शाही, उपाध्यक्षमा डा. कुमोद कुमार लिम्बू र डा. सन्दिप अधिकारी, महासचिवमा डा. रुपेशजंग बेलवासे, कोषाध्यक्षमा डा. मनोजकुमार शाह, सह–सचिवमा डा. नबिनकुमार सिंह र सह-कोषाध्यक्षमा डा. कृष्णकान्त यादव रहनुभएको छ।
एशोसिएसनको प्रमुख सल्लाहकारमा डा. निराजन प्रसाद पराजुली र साइन्टीफिक को-अडिनेटरमा डा. अनुप पोखरेल चयन हुनुुभएको छ ।
एशोसिएसनले शुक्रवार बिर्तामोडमा पदस्थापन कार्यक्रमको आयोजना गरी नव गठित पदाधिकारी तथा सदस्यको नाम घोषणा समेत गरेको छ । एशोसिएसन मेची च्याप्टरका अध्यक्ष डा. लक्ष्मी प्रसाद मैनालीको अध्यक्षता एवं एशोसिएसनका केन्द्रिय अध्यक्ष प्रोफेसर डा. बिमलकुमार पाण्डेको प्रमुख आतिथ्यतामा आयोजीत कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै एशोसिएनका बरिष्ठ उपाध्यक्ष डा. शाहीले १० बर्ष अघिको तुलनामा अर्थोपेडिक उपचारमा धेरै सुधार हुदै आएको बताउनु भयो ।
सोही कार्यक्रमका बीच डा. प्रेमबहादुर शाही र डा. निराजन पराजुलीलाई सम्मानसमेत गरिएको थियो ।
कार्यक्रममा एशोशिएसनका पूर्व केन्द्रिय अध्यक्ष प्रोफेसर डा. रमेशकुमार सिंह, डा. रोहित पोखरेल, केन्द्रिय बरिष्ठ उपाध्यक्ष प्रोफेसर डा. दीपक श्रेष्ठ, महासचिव डा. बिजेन्द्र अधिकारी, डा. अमित जोशी, डा. दमन झा, मोरङ च्याप्टर अध्यक्ष डा. नबिन कर्ण, नेपाल मेडिकल एशोसिएसन मेचीका अध्यक्ष डा. सीपी यादबलगायतले शुभकामना मन्तव्य राख्नुुभएको थियो ।
नेपालका अर्थोपेडिक चिकित्सकहरु संगठित भएको ३० वर्षपछि पूर्वका झापा, इलाम, पाँचथर र ताप्लेजुङ्का डाक्टरहरु संगठित हुँदै मेची च्याप्टरको बैधानिक रुपमा स्थापना गरेको सो अवसरमा जानकारी गराईएको थियो । झापा मेडिकल हबको रुपमा विकास हुँदै गएको भन्दै चिकित्सकहरुले अर्थोपेडिक समस्याका लागि भारत तथा काठमाण्डौंसम्म विरामीले धाउनुपर्ने बाध्यताको अन्त्य भएको धारणा राखेका थिए।
कार्यक्रमको सञ्चालन सञ्चारकर्मी लीला अनमोल र एशोसिएशन मेची च्याप्टरका महासचिवमा डा. रुपेशजंग बेलवासेले गर्नुभएको थियो ।