झापा, पुष १६ । बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटीलाई थप चार दिन हिरासतमा राख्न झापा जिल्ला अदालतले अनुमति दिएको छ ।
१६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका शिवाकोटीलाई थप चार दिन हिरासतमा राख्न झापा जिल्ला अदालतले अनुमति दिएको हो ।
यसअघि अदालतले शिवाकोटीलाई बलात्कार आरोपमा अनुसन्धान गर्न पटक-पटक गरी २१ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । आज चार दिन थपिएपछि प्रहरीले अनुसन्धानका लागि पाउने २५ दिनको म्याद पूरा हुन्छ । जिल्ला प्रहरी कार्यालय झापाले चार दिनको म्याद सकिएपछि उनलाई सरकारी वकिलको कार्यालयमा बुझाइने जनाएको छ ।
१६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा शिवाकोटीलाई गत मंसिर २५ गते इलाका प्रहरी कार्यालय काकडभिट्टाले पक्राउ गरेको हो ।