Logo

पेट्रोलियम पदार्थको मूल्य घट्यो



काठमाडौं, १८ वैशाख । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमको सञ्चालक समितिले  पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।

निगमले इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेर आएकाले मूल्य समायोजन गरिएको जनाएको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा १ रुपैयाँले मूल्य घटाइएको छ।

यस्तै हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर रु ४ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर २९ डलरका दरले घटाइएको छ भने पोखरा र भैरहवाका लागि ब्रेक इभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ।

नयाँ मुल्यअनुसार अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १५५.५०, दोस्रोमा १५७ र तेस्रोमा १५८ रुपैयाँ भएको छ भने डिजेल पहिलो वर्गमा १४२.५०, दोस्रोमा १४४ र तेस्रोमा १४५ रुपैयाँ भएको छ।

प्रतिक्रिया दिनुहोस्